
सर्वसाधारणमा इकाई बिक्री गरेका २६ बन्दमुखी (क्लोज्ड इन्डेड) र चार खुलामुखी (ओपन इन्डेड) सामुहिक लगानी कोषको इकाईमध्ये १९ बन्दमुखी र २ खुलामुखी गरी २१ वटाले इकाईधनीलाई प्रतिफल (नगद लाभांश) वितरण गरेका छन् ।
प्रस्तावित लाभांशमध्ये ग्लोबल आइएमई समुन्नत योजना १ ले सबैभन्दा धेरै शतप्रतिशत लाभांश वितरण वितरण गरेको छ भने सानिमा लार्ज क्यापिटले सबैभन्दा कम ४ प्रतिशत मात्र लाभांश वितरण गरेको छ । अन्य तीन फण्डले ५० प्रतिशत, तीन फण्डले ४० प्रतिशत र तीन फण्डले ३५ प्रतिशत लाभांश वितरण गरेका छन् ।
खुलामुखीतर्फ एनआईबिएल सहभातिा फण्डले ५० प्रतिशत र एनआईसी एशिया डायनामिक डेप्थ फण्डले इकाईधनीलाई १० प्रतिशत लाभांश वितरण गरेको छ ।

सञ्चालनमा रहेका कुल ३० मध्ये ९ फण्डले भने इकाईधनीलाई प्रतिफल वितरण गरेका छैन । केही हालै मात्र सञ्चालनमा आएका तथा केही सूचीकृत भएर दोस्रो बजारमा कारोबार हुन बाँकी नै रहेकाले पनि ती फण्डले नगद लाभांश (प्रतिफल) वितरण गरेका छैनन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया