घटेको बजारमा कुन कम्पनीको शेयर लगानीकर्ताले कमाए, कसले गुमाए ?

0
Shares

साताको अन्तिम शेयर कारोबार दिन बिहीबार नेप्से ५९.५७ अंकले घटेर २ हजार ७०० बिन्दुमुनी झरेको छ । सूचक घटेसँगै नेप्से २ हजार ६९० दशमलव २९ बिन्दुमा झरेको छ ।

घटेको बजारमा पनि केही कम्पनीको शेयरमूल्य बढेको छ भने केहीको घटेको छ । आजको बजारबाट मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरेका छन् । लघुवित्तका लगानीकर्ताले १० प्रतिशत नाफा आर्जन गरेका हुन् ।

त्यसैगरी तेह्रथुम पावर कम्पनीले ९.९९ प्रतिशत, साहस उर्जा लिमीटेडका लगानीकर्ताले ७.६४ प्रतिशत नाफा कमाएका हुन् । गुडविल फाइनान्स, सामुदायिक लघुवित्तका लगानीकर्ताले ३ प्रतिशत भन्दा धेरै तथा पाँचथर पावर, १२ प्रतिशत गुडविल फाइनान्स डिबेन्चर २०८३ को लगानीकर्ताले २ प्रतिशत भन्दा धेरै नाफा कमाएका छन् । यस्तै यूनिलिभर नेपाल, एनआईबीएल समृद्धि फन्ड १ र एनआईबीएल समृद्धि फन्ड २ का लगानीकर्ताले पनि १ प्रतिशत भन्दा धेरै नाफा कमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-11-11 15:00:00
MLBS 928.70 84.40 10.00
TPC 399.50 36.30 9.99
SAHAS 772.50 54.80 7.64
GFCL 820.00 31.00 3.93
SLBSL 1,412.00 47.00 3.44
PPCL 510.80 14.30 2.88
GWFD83 1,150.00 23.00 2.04
UNL 19,880.00 381.00 1.95
NIBSF1 12.01 0.21 1.78
NIBSF2 9.78 0.17 1.77

कारोबारको अन्तिम दिन बिहीबार कमाउने भन्दा धेरै गुमाउने देखिएका छन् । बिहीबार २५ कम्पनीको शेयर लगानीकर्ताले कमाउँदा १९२ कम्पनीको शेयर लगानीकर्ताले गुमाएका हुन् । ८ कम्पनीको शेयरमूल्य स्थीर रह्यो ।

यसदिन आइसिएफसि फाइनान्स र महालक्ष्मी विकास बैकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । बिहीबार दुबै कम्पनीको लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी शिवश्री हाइड्रोपावरले ७.३९ प्रतिशत, बरुण हाइड्रोपावर, यूनियन हाइड्रोपावर, सिनर्जी पावरका लगानीकर्ताले ६ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।  राधी विद्युत कम्पनी, नेपाल हाइड्रो डेभलोपर्स र मल्टिपपर्स फाइनान्स कम्पनीको शेयरमा लगानी गरेकाले ५ प्रतिशत भन्दा धेरै गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-11-11 15:00:00
MLBL 714.50 -79.30 -9.99
ICFC 861.10 -95.60 -9.99
SSHL 351.00 -28.00 -7.39
BARUN 451.80 -30.20 -6.27
UNHPL 367.00 -24.00 -6.14
SPDL 465.00 -30.00 -6.06
RADHI 655.00 -41.00 -5.89
NHDL 529.00 -32.20 -5.74
SHPC 403.00 -24.00 -5.62
MPFL 490.00 -29.00 -5.59

यसदिन कूल २२५ वटा कम्पनीको ९४ लाख ७५ हजार ९ सय ३६ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५ सय ४० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार  १५ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।