आरएसडिसी र लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम

0
Shares

आरएसडिसी र लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज ( कात्तिक २९ गते, सोमबार) अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै लघुवित्तले कार्तिक ३० गते मंगलबार शेयर दाखि खारेजी (बुकक्लोज) गर्दैछन् । यस अनुसार सोमबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र ती कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७।३७ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ प्रतिशत र आरएसडिसी लघुवित्तले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

लाभांश पारित गर्न लक्ष्मी लघुवित्त र आरएसडिसी लघुवित्तले दुबैले मंसिर १० गते एकैदिन साधारण सभा बोलाएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।