इन्टरनेशनल स्कुल फर स्किल्सको उद्घाटन

0
Shares

‘दक्ष नेपाल सक्षम नेपाल’ को मुल नारा सहित काठमाण्डौंको एभरेष्ट होटेलमा इन्टरनेशनल स्कुल फर स्किल्सले आफ्नो यात्रा सुरु गरेको छ ।

नेपालमा पहिलो पटक, आइ.एस.एस. ले के..पि. एम.जि. सँग सम्झौता गरी नेपालमै विश्वस्तरीय तालिमका कार्यक्रमहरु पनि लिएर आउँदै गरेको जानकारी गराएको छ ।

आइएसएसले नेपाली बजारमा कर्पोरेट सहित आम जनमानसलाई हुनेगरी विभिन्न अन्तर्राष्ट्रिय तालीमहरु नेपाल भित्र्याउँदै छ ।

आइएसएसले नेपालमा लेभल ४ सर्टिफिकेट इनआइटि, लेभल ५ डिप्लोमा इन आइटि, लेभल ६ प्रोफेनल ग्रायडुयट डिग्री इन आइटि सहितको ब्रिटिश कम्प्युटर सोसाइटीले प्रधान गर्ने तालीम नेपालमा रहेको सेकेण्डरी लेभल भन्दा माथि रहेका विद्यार्थी सहित, आइ.टी. तथा आइटी बाहेकका अरु कुनै संस्थामा काम गरिरहनु भएका व्यक्तिहरूको लागि ल्याएको छ ।

विद्यार्थीहरुले सफ्टवेर डेभलपप्मेन्ट, नेट्वोर्किङ तथा इन्फर्मेसन सिस्टमको पढाई लेवल ४ मा गर्न पाउनेछन् । आइ.एस.एस. ले नेपालमा इ जाँच नामक परिक्षा गराउने प्रविधि पनि ल्याएको छ । इ जाँच, ए.आई. प्रविधि प्रयोग सहित विश्व भरी अपनाइँदै गरिएको प्रविधिहरु प्रयोग गरी तयार पारिएको सफ्टवेयर हो । इ जाँचको प्रयोग कर्पोरेट सहित विभिन्न शैक्षिक संस्थाहरुले आफ्नो परिक्षा गराउन गर्न सक्नेछन् ।

नेपालको भूगोल र प्रविधिको आधारमा इ जाँचको विकास गरिएको छ । इन्टरनेटको सीमित स्पीडका कारणले गर्दा आउनसक्ने समस्यालाई मध्यनजर गर्दै, इजाँचको विकास गरिएको हो ।

विश्वको ४ ठूलो तालीम दिने संस्था मध्यमा के।.पि.एम.जि. पनि पर्दछ । बिजनेस एक्सिलेन्स ट्रेनिङ प्रोग्राम भनिने के.पि.एम.जि. को प्रोग्राम नेपालमा आइ.एस.एस ले लिएर आउँदैछ । कर्मचारी, विद्यार्थी तथा इन्टरप्रेनरहरुको लागि यो कार्यक्रम नेपाल ल्याइएको छ ।

डिजाइन थिन्किङ्ग एण्ड इन्नोभेशन, सर्विस डिजाइन, ब्राण्ड स्ट्राटेजी, अजाइल प्राक्कक्टिसनर तथा लिन सिक्स सिग्मा ग्रीन बेल्ट नामक तालिमहरु आइएसएसले प्रदान गर्ने नेपालमा कसैको स्किल्सको आंकलन गरी उनीहरुलाई सुहाउँदो तालीम दिई दिई तालीम लिन आउने विद्यार्थीहरुलाई झन् दक्ष र सक्षम बनाउने अठोट सहित आइ.एस.एसको सुरुवात गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार  १८ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।