शिखर इन्स्योरेन्सको पूँजी बढेपछि प्रतिशेयर आम्दानी खुम्चियो

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) को पूँजी वृद्धिको अनुपातमा खुद नाफा बढ्न नसकेपछि प्रतिशेयर आम्दानीमा दबाब परेको छ ।

अघिल्लो आवको यसै अवधिमा कम्पनीले वार्षिक प्रतिशेयर आम्दानी ३५.५० कायम गरेकोमा चालु आवको यसै अवधिमा ५.१० रुपैयाँले घटेर ३०.४० रुपैयाँमा झरेको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ३६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ९.२८ प्रतिशत बढी हो ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी २७.९४ प्रतिशत बढेर १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ र जगेडा कोषको आकार २८.८२ प्रतिशत घटेर ६३ करोड ८८ लाख ७१ हजार रुपैयाँमा झरेको छ ।

कम्पनीको बीमा कोषमा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड २३ लाख रुपैयाँ र शेयर प्रिमियम ९ करोड ५७ लाख रूपैयाँ सञ्चित रहेको छ ।

कम्पनीको खुद बीमाशुल्क २.५३ प्रतिशतले बढेर असोज मसान्तसम्ममा ४४ करोड ५० लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २४ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत १५ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २२६.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.९१ गुणा छ ।

इन्स्योरेन्सले ३ हजार ६१४ दाबी बापत ४७ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको भने १२ हजार ३८७ दाबी बापत २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

अघिल्लो आवको तुलनामा कम्पनीको बीमालेखको संख्या घटेर ७६ हजार ९७ मा झर्दा १५ हजार ३५९ वटा बीमालेख नविकरण भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।