आरएमडिसीको कमाई ३५ प्रतिशतले बढ्यो, मूल्य आम्दानी अनुपात १३ गूणा मात्र


थोक लघुवित्त सेवा प्रदायक रुरल माइक्रेफाइनान्स डेभलपमेण्ट सेन्टर (आरएमडिसी) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड ४४ लाख रुपैंया खुद नाफा कमाएको छ । आरएमडिसीले गत आर्थिक वर्षको यसै अवधिमा १८ करोड ६ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

आरएमडिसीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा अहिले खुद नाफा झण्डै ३५ प्रतिशतले बढाएको हो ।

६ अर्ब ४२ करोड रुपैंया सापटी लिएर आरएमडिसीले ७ अर्ब ८१ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा आरएमडिसीको सापटीको आकार २० प्रतिशत तथा कर्जाको आकार २१ प्रतिशतको हाराहारीमा बढेको हो ।

कर्जा तथा सापटीको आकार बढेपछि आरएमडिसीको व्याज आम्दानी २९ करोड २ लाख रुपैंयाबाट ३४ करोड ८९ लाख रुपैंया पुगेको छ ।

४० रुपैंया ७७ पैसा प्रतिशेयर आम्दानी रहेको आरएमडिसीको मूल्य आम्दानी अनुपात १३.४१ ग्ूणा बढी छ भने प्रतिशेयर नेटवर्थ २९१ रुपैंया २३ पैसा छ ।

७९ करोड ९३ लाख रुपैंया चुक्ता पूँजी रहेको आरएमडिसीको जगेडा कोषमा १ अर्ब ५२ करोड रुपैंया छ ।