युनिलिभर नेपालको नाफा ११०% बढ्यो, प्रतिशेयर आम्दानी १ हजार ९७ रूपैयाँ

0
Shares

युनिलिभर नेपाल लिमिटेड (UNL) ले चालु आर्थिक वर्षको तीन महिनामा २५ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले गत आवको यसै अवधिमा १२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा कम्पनीको नाफा ११०.३२ प्रतिशतले बढेको छ ।

चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ हजार ९७ रूपैयाँ ७ पैसा र प्रतिशेयर नेटवर्थ ३ हजार १०४ रूपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको इपिएस ५२१.६१ रुपैयाँ रहेको थियो ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीले विभिन्न उत्पादन बिक्रीबाट १ अर्ब ९८ करोड ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा १ अर्ब २३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको बिक्री आय ६०.८४ प्रतिशतले बढेको छ ।

यस्तै अन्य प्रकारको आम्दानी ८९ लाख रुपैयाँबाट बढेर २ करोड ४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको लागत खर्च ६८ करोड ८२ लाख रुपैयाँबाट बढेर १ अर्ब १२ करोड ९९ लाख रुपैयाँ पुग्दा असोज मसान्तसम्ममा कम्पनीको कुल खर्च ५५.२० प्रतिशतले बढेर १ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको शेयरधनी कोषमा २ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो कोष २ अर्ब १२ लाख रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात १७.६५ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार  १३ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।