राष्ट्र र जनताको हितमा काम गर्न कर्मचारीहरुलाई मन्त्री श्रेष्ठको आग्रह

0
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलीखेलमा आज आयोजित नवप्रवेशी नापी अधिकृतहरुको लागि अनुशिक्षण तालिमको समापन कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशी नापी अधिकृतहरुलाई शुभकामना दिँदै जिम्मेवार भएर राष्ट्र र जनताको हितमा काम गर्न आग्रह गरेकी हुन् ।

मन्त्री श्रेष्ठले मन्त्रालय र नापी विभागप्रति रहेका नकारात्मक सन्देशलाई परिवर्तन गर्ने गरी काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिइन् । भूमि र नापी जनताको जनजीवनसँग प्रत्यक्ष रुपमा जोडिएको र जनतालाई स्वामित्व दिने विषय भएकाले नापीसँग सम्बन्धीत कर्मचारी अझै जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो ।

मन्त्री श्रेष्ठले सरुवा र बढुवाका लागि कर्मचारीहरु नेता तथा हाकिमको कोठा र घर चाहर्ने कामको अब अन्त्य गर्नु पर्ने भन्दै कर्मचारी सरुवाका लागि चक्रिय प्रणाली आवश्यक रहेकाले त्यसको तयारी गर्न समेत सम्बद्ध कर्मचारीलाई निर्देशन दिइन् ।

मन्त्री श्रेष्ठले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित हुने कुराको थालनी गर्नुपर्ने भन्दै निजामति विधेयक छिटो ल्याएर निजामति प्रसाशनमा देखिएका विकृतिको अन्त्य गर्नु पर्ने बताइन् ।

उक्त अवसरमा मन्त्री श्रेष्ठले नवप्रवेशी ३९ जना नापी अधिकृतहरुलाई तालिमको प्रमाणपत्र वितरण गरेकी थिइन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।