मेगा बैंकको लाभांश परिमार्जनः बोनस १० र नगद २.०७ प्रतिशत कायम

0
Shares

मेगा बैंक लिमिटेड (MEGA) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई दश प्रतिशत बोनस शेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो । परिमार्जनअघि कार्तिक २३ गते, मंगलबारको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लाभांश परिमार्जनपछि अब बैंकका शेयरधनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित २.०७ प्रतिशत नगद लाभांश पाउनेछन् । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।