एक करोड भन्दा माथिको शेयर धितो कर्जा साढे ५ अर्बले घट्यो

0
Shares

बैंक तथा वित्तीय संस्थाले प्रबाह गरेको शेयर धितो कर्जा घट्न थालेको । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंक/वित्तीय संस्थाबाट प्रबाह भएको शेयर धितो कर्जा २ प्रतिशत भन्दा धेरैले घटेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितो कर्जामा कडाई गरेसंगै बैंक वित्तीय संस्थाले शेयरधितोमा प्रबाह भएको कर्जाको अंश घटाउन थालेका हुन । केन्द्रीय बैंकले मौद्रिक नीतिले शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड कायम गरेको छ ।

त्यसका साथै नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था लागू हुन भन्दा अघि सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाई कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र सीमामा ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकको कडाईपछि बैंक वित्तीय संस्थाबाट प्रबाह हुने शेयर धितो कर्जा मध्ये एक करोड रुपैयाँ भन्दा माथिको मात्र घटेको छ । चालु आर्थिक वर्षको असोज महिनासम्ममा एक करोड भन्दा माथिको शेयर धितो कर्जा ५ अर्ब ६० रुपैयाँले घटेको छ । तर, त्यो भन्दा साना आकारका कर्जा भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको असोजसम्ममा बैंक वित्तीय संस्थाबाट कुल १०३ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रबाह भएको छ । यो कर्जा रकम गत असारसम्मको तुलनामा २ अर्ब ३६ करोड ९७ लाख रुपैयाँले घटेको हो । गत असारसम्ममा बैंक तथा वित्तीय संस्थाबाट कुल १०६ अर्ब २८ करोड रुपैयाँ शेयर धितोकर्जा प्रबाह गरेका थिए ।

गत आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोजसम्ममा शेयर धितो कर्जा करिब १८ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षको असोजसम्म्मा बैंक वित्तीय संस्थाले ५९ करोड ४० लाख रुपैयाँ शेयर धितो कर्जा लगानी गरेका थिए ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड भन्दा माथिको शेयर धितो कर्जा घटेको भएपनि ५० लाख देखि एक करोड सम्मको भने ८ करोड ४६ लाख रुपैयाँले बढेको छ । त्यसैगरी २५ लाख देखि ५० लाखसम्मको शेयर धितो कर्जा भने एक अर्ब २६ करोड रुपैयाँले बढेको छ । चालु आवको पहिलो त्रैमासमा २५ लाख रुपैयाँ भन्दा थोरैको शेयर धितो कर्जा एक अर्ब १२ करोड रुपौयँले बढेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: १ मंसिर २०७८, बुधबार  १८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।