चौधरी ग्रुपले गत आर्थिक वर्षमा सरकारलाई बुझायो १४ अर्ब कर

0
Shares

नेपालको चर्चित व्यवसायिक घराना चौधरी ग्रुपले गत आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको छ ।

चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा सरकारले संकलन गरेको कुल राजस्व रकमको १.७३ प्रतिशत बुझाएको उल्लेख छ । पछिल्लो चार आर्थिक वर्षमा ग्रुपले साढे ४५ अर्ब राजस्व बुझाएको जनाएको छ ।

ग्रुपले आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, आव २०७५/७६ मा ११ अर्ब ६७ करोड ५९ लाख र आव २०७६/७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबर कर तिरेको थियो ।

विश्वब्यापी महामारी कोभिड १९ ले अर्थतन्त्रमा पारेका गम्भीर असरका बीच पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व तिरिएको ग्रुपले जनाएको छ ।

चौधरी ग्रुपको वित्तीय क्षेत्रदेखि जलविद्युत आयोजना, खाद्य पदार्थका उद्योग र ब्यापारिक क्षेत्रमा समेत लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ मंसिर २०७८, बिहिबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।