
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये असोजको तुलनामा कार्तिक महिनामा १९ बैंकको निक्षेप र ९ बैंकको कर्जा लगानी समेत घटेको छ । यस अवधिमा ८ वाणिज्य बैंकको निक्षेप र १८ वाणिज्य बैंकले कर्जा लगानी वृद्धि गरेका छन् ।
नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार असोज महिनाको तुलनामा कार्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ३५ अर्ब ३१ करोड रुपैयाँले घटेर कुल ४२ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँमा झरेको छ ।
यस अवधिमा हिमालयन बैंकको निक्षेप संकलन सबैभन्दा धेरै १४ अर्ब ६० करोड रुपैयाँले बढेको छ भने एनआइसी एशिया बैंकको निक्षेप संकलन कार्तिक महिनामा सबैभन्दा धेरै १३ अर्ब ८९ करोड रुपैयाँले घटेको छ ।

यस्तै कार्तिक अन्तिमसम्ममा बैंकहरुको कुल कर्जा लगानी ३६ अर्ब १२ करोड रुपैयाँले बढेर ४० खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
कार्तिक महिनामा एनआइसी एशिया बैंकको निक्षेप संकलन सबैभन्दा धेरै १३ अर्ब ८९ करोड रुपैयाँले घटेको छ । कर्जा लगानीतर्फ कार्तिक महिनामा हिमालयन बैंकले सबैभन्दा धेरै ६ अर्ब ७ करोड रुपैयाँले बढाएको छ भने राष्ट्रिय वाणिज्य बैंकको कर्जा लगानी २ अर्ब ५६ करोड रुपैयाँले घटेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया