प्रविधिमैत्री र स्मार्ट लगानीकर्ता पूँजीबजार विकासको अस्त्र : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा भएको विकाससँगै नेपालको शेयर बजार समेत कागजी युगबाट डिजिटल युगमा प्रवेश गरेकाले लगानीकर्ताहरु थप स्मार्ट हुनुपर्ने बताएका छन् ।

एशिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रिय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एशिया प्यासिफिक सेन्ट्रल सेक्युरीटिज डिपोजिटरी गु्रप (एसीजी)को २३ औं वार्षिक साधारणसभामा मन्त्री डा. खतिवडाले लगानीकर्ता स्मार्ट बन्न सके आर्टि्फिसियल कुराहरुले बजारलाई कुनै असर नगर्ने बताएका छन् ।

त्यस्तै उनले प्रविधिको प्रयोगले शेयर कारोबारको लागत घटाउनुपर्नेमा समेत उनले जोड दिए । शेयर राफसाफ छिटोछरितोमा भएमा लगानीकर्ताको कारोबार लागत कम हुने र बढी नाफा आर्जन गर्न सहयोग पुग्ने उनको भनाई छ ।

नेपालको पूँजी बजारमा बैंक तथा वित्तीय संस्थाहरुको हिस्सा अधिक रहेको उल्लेख गर्दै बजार विस्तारका लागि सेक्युरीटि बन्ड, रियल सेक्टरलाई पनि बजारमा भित्र्याउनु पर्नेमा जोड दिए । साथै उनले सरकारी तथा अन्य बचतपत्र र ऋणपत्र लगायतका मौद्रिक उपकरण पनि डिम्याट गरिनुपर्ने आवश्यकता औल्याए ।

मन्त्री खतिवडाले बजेट, मौद्रिक नीति लगायतले बजार अधिक प्रभावित हुनु नुहनेमा तर्फ संचेत हुनुपर्नेमा जोड दिए । बनावटी कुराहरुले बजारलाई प्रभावित नगर्नेगरी बजारलाई प्रविधिमैत्री बनाउनु पर्ने उनको भनाई थियो ।

उक्त समारोहमा एसिया प्रशान्त क्षेत्रमा रहेका विभिन्न ३५ वटा सदस्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । सो अवधीमा विश्व पूँजी बजारको मञ्चमा केन्द्रीय निक्षेप सेवा प्रदायकहरूको वर्तमान अवस्थाका बारेमा अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त विशिष्ट व्यक्तित्वहरू बाट चर्चा गरिने छ । साधारणसभा तीन दिन सम्म संचालन हुनेछ ।