एनएमबि बैंक लिमिटेड (NMB) ले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ ।
बैंकले मंसिर ३ गते शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट एक हजार रुपैयाँ दरमा ३५ लाख इकाई ‘एनएमबि इनर्जी बन्ड’ निष्कासन गर्ने अनुमति पाएको हो ।
उर्जा क्षेत्रमा लगानी उदेश्यका साथ जारी हुने कुल ३५ लाख इकाइ एनएमबि इनर्जी बन्डमध्ये २१ लाख इकाई बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १४ लाख इकाइै सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
पन्ध्र वर्ष अवधिको इनर्जी बन्डका लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् ।
बैंकको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया