अब ६ वाणिज्य बैंकको मात्र लाभांश घोषणा हुन बाँकी, १६ को शेयर खरीद गर्नेलाई अझै लाभांश

0
Shares

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये आइतबारसम्ममा गत आर्थिक वर्ष २०७७/७८ बाट ६ वटा बैंकको लाभांश घोषणा गर्न बाँकी रहेको छ ।

लाभांश घोषणा हुन बाँकी बैंकहरुमा कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल एसबिआई बैंक, सेञ्चुरी बैंक , सिभिल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

पाँच बैंक नेप्सेमा सूचीकृत रहेपनि राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन । बैंकमा एनआईडिसी डेभलपमेन्ट बैंकमा शेयर रहेका सीमित (१ प्रतिशतभन्दा कम) शेयरधनी भने रहेका छन् ।

हालसम्म २१ वणिज्य बैंकले गत आर्थिक वर्ष २०७७/७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । यस अवधिमा सिटिजन्स, कुमारी माछापुच्छ्रे र नेपाल बंगलादेश बैंक गरी चार बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् ।

लभांश प्रस्ताव गरेका २१ मध्ये ८ बैंकले शेयर दाखिला खारेजी मिति तोकेका छन् । जसमध्ये पाँच बैंकहरु सिटिजन्स, कुमारी, माछापुच्छ्रे, नेपाल बंगलादेश बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको बुकक्लोज भैसकेको छ ।

ग्लोबल आइएमई, स्ट्याण्डर्ड चार्टड, र बैंक अफ काठमाण्डूको बुकक्लोज हुन बाँकी रहेको छ । लाभांश घोषणा गरेर बुकक्लोज हुन बाँकी १३ बैंक छन् । हालसम्म १६ बैंकको शेयर खरीद गर्ने लगानीकर्ताले लाभांश पाउने अवस्था छ । यस बाहेक लाभांश घोषणा हुन बाँकी ६ मध्ये पाँच बैंकले वितरण गर्ने लाभांश पनि अब शेयर खरीद गर्नेले पाउनेछन् ।

हालसम्म प्रस्तावित लाभांशमा नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत (३३.६० प्रतिशत बोनस र ४.४० प्रतिशत नगद) लाभांश घोषणा गरेको छ भने सनराइज बैंकले सबैभन्दा कम ७ प्रतिशत (६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद) लाभांश प्रस्ताव गरेको छ ।

गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट शेयरधनीलाई हालसम्म नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये २१ ले लाभांश घोषणा गरेका छन् ।  लाभांश घोषणा गरेका २१ वाणिज्य बैंकको औषत लाभांश १५.५४ प्रतिशत देखिएको छ । जसमा बोनस शेयर औषतमा १३.०१ प्रतिशत र नगद लाभांश औषतमा २.५३ प्रतिशत छ ।

S.N. Sector- Commercial Banks Bonus Cash Total Bookclose AGM
1 Nabil Bank Limited 33.60 4.40 38.00    
2 Himalayan Bank Limited 21.38 4.62 26.00    
3 Sanima Bank Limited 17.00 0.89 17.89    
4 Nepal Bank Limited 14.00 3.00 17.00    
5 Prime Commercial Bank Ltd. 16.00 0.63 16.63    
6 Citizen Bank International Limited 12.91 3.09 16.00 Ashoj 22, Friday Kartik 16, Tuesday
7 Nepal Investment Bank Limited 12.61 3.39 16.00 Mangsir 6, Monday Mangsir 17, Friday
8 NMB Bank Limited 12.50 3.30 15.80    
9 NIC Asia Bank Ltd. 15.00 0.79 15.79    
10 Nepal Bangladesh Bank Limited 12.00 3.50 15.50 Kartik 15, Monday Mangsir 2, Thusday
11 Siddhartha Bank Limited 14.25 0.75 15.00    
12 Machhapuchhre Bank Limited 13.30 0.70 14.00 Kartik 7, Sunday Kartik 26, Friday
13 Bank of Kathmandu Ltd. 10.00 4.00 14.00 Mangsir 10, Friday Mangsir 29, Wednesday
14 Global IME Bank Limited 10.00 3.50 13.50 Mangsir 13, Monday Mangsir 27, Monday
15 Standard Chartered Bank Limited 10.00 3.06 13.06 Mangsir 10, Friday Mangsir 28, Tuesday
16 Prabhu Bank Limited 12.00 0.63 12.63    
17 Mega Bank Nepal Ltd. 10.00 2.07 12.07    
18 Laxmi Bank Limited 8.00 3.50 11.50    
19 Everest Bank Limited 6.00 4.32 10.32    
20 Kumari Bank Limited 6.00 2.67 8.67 Kartik 8, Monday Kartik 16, Tuesday
21 Sunrise Bank Limited 6.65 0.35 7.00    

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ मंसिर २०७८, आइतबार  १५ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।