नागरिक लगानी कोषका अध्यक्ष भट्टराई र संचालक साउदको विदाई

0
Shares

नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले विदाई गरेको छ ।

कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो । उमेर हदको कारण अर्थमन्त्रालयको कार्तिक २८ को पत्र अनुसार डा. भट्टराईको पदावधि समाप्त भएको हो ।

विदाई कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशक वीचको लिंकेजलाई निरन्तरता दिनुपर्ने बताउदै आफुले ३७ महिनाको कार्यकालमा धेरै नै बिषयहरु सिक्न पाएको बताए ।

त्यसैगरी संचालक साउदले आफनो कार्यकालमा गरेकोे सहयोगको लागि सबै संचालकहरुलाई धन्यबाद दिए । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र संचालकले पु¥याएको सहयोगको सरहना गरे । उनले संस्थाको कार्यलाई विधिसम्वद तरीकाले अघि बढाउदै लाने प्रतिवद्धता ब्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।