नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को मंसिर ६ गते, सोमबार शेयरमूल्य समायोजन भएको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोमबार बुकक्लोज तोकेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बोनस समायोजन गरी नयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले १२.६१ प्रतिशत बोनस शेयरपछि बैंकको समायोजित शेयरमूल्य ४०८.४९ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन आइतबारको अन्तिम मूल्य ४६० रुपैयाँलाई आधार मानेर नेप्सेले नयाा शेयरमूल्य निर्धारण गरेको हो । बैंकको शेयर कारोबार भने हिमालयन बैंकसँगको मर्जरका कारणले स्थगित छ ।

बैंकले मर्जर तथा लाभांश पारित गर्न बैंकले मंसिर १७ गते, दरबारमार्गस्थित आफ्नो केन्द्रीय कार्यालयमा ३५ औं वार्षिक साधारण सभा डाकेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजन सहित गरी ३.३८९ नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच भएको अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्दैछ ।

उता हिमालयन बैंकसँगको मर्जरमा रहेको बैंकको मर्जर भने भाँडिने अवस्थामा पुगेको छ । पछिल्लो समय नेपाल राष्ट्र बै.कसँग थप तीन महिनाको समय लिएका दुई बैंकको उक्त म्याद मंसिर २० गते सकिँदैछ । यद्यपी दुई बैंकबीच मर्जरलाई भन्दा डिमर्जरलाई जोड दिने हिसाबले अगाडि बढिढरहेका छन् । इन्भेष्टमेन्ट बै.क मर्जरको पक्षमा रहेपनि हिमालयन बैंकले हालसम्म साधारण सभा आह्वान गरेको छैन भने उक्त बैंक इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा अनइच्छुक देखिएको छ ।

बैंकको साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरु समेत निर्वाचन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।