सामलिङ्ग पावरको आईपीओ डिम्याटमा जम्मा

0
Shares

सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट शेयर पाएका ६७ हजार ८९० जना लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हाे ।

कम्पनीले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा शेयर सूचीकरण गरेसँगै सिडिएसले सम्बन्धीत शेयरधनीको डिम्याट खातामा उक्त शेयर जम्मा गरिदिएको हो ।

कम्पनीले गत कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म साधारण शेयर निष्काशन गरी कार्तिक १६ गते, मंगलबार बाँडफाँड गरिएको थियो ।

कम्पनीले १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता शेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएर ६ लाख ७८ हजार ९०० कित्ता सर्वसाधारणहरूका लागि जारी गरिएको थियो ।

कम्पनीको शेयर खरीद गर्न २१ लाख ९८ हजार ७ सय ६४ वटा आवेदन परेकोमा ९ हजार ९ सय ८६ जनाको आवेदन रद्द भएको थियो । योग्य २१ लाख ८८ हजार ७ सय ७८ जना आवेदकबाट ६७ हजार ८९० जनाले मात्र १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए ।

कतिमा खुल्छ पहिलो कारोबार ?

कम्पनीले धितोपत्रको दोश्रो बजारमा शेयर खरीद बिक्रीका लागि एसपीसी कारोबार संकेत (सिम्बोल) पाएको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि सम्बन्धीत कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को परिष्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ९८.७७ रूपैयाँ छ । जसअनुसार कम्पनीले न्यूनतम ९८.७७ रूपैयाँ देखि अधिकतम २९६.३१ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ मंसिर २०७८, सोमबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।