नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गर्दै गर्दा शेयर बजारका लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । 
मौद्रिक नीतिले हालको तरलताको अवस्था, कर्जा निक्षेप अनुपात, ब्याजदर र शेयर धितोकर्जाको सीमाका बिषयमा केही लचकता अपनाउने आसामा लगानीकर्ता रहदा बिक्रीचाप समेत घटेको छ । जसले गर्दा सोमबारको बजार पनि सामान्य बढेको छ । लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहदा कारोबारमा भने कमी आएको छ ।
नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जामा लगाउदैँ आएको ४÷१२ को सीमामा राष्ट्र बैंकले केही लचकता अपनाउने आसा लगानीकर्तामा देखिएको छ ।
सोमबार नेप्से सूचक ७.९० अंकले बढेको २७६५.४४ अंकमा पुगेको छ। यसदिन २२५ कम्पनीको ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भयो। कारोबार रकम अघिल्लो दिनको भन्दा कम हो । आइतबार चार अर्ब बढीको शेयर किनबेच भएको थियो ।
यस दिन महालक्ष्मी विकास बैंकको सर्वाधि ३४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेपाल दूरसञ्चार कम्पनीको पनि २९ करोडभन्दा बढीको शेयर कारोबार भयो ।
सोमबार मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेर कारोबार भएको छ। त्यसैगरी, चन्द्रागिरी हिल्सको शेयरमूल्य ९.७५ प्रतिशत बढेको छ। एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य धेरै घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया