बैंकहरुको कर्जा लगानी योग्य रकमको अभाव बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको कर्जा निक्षेप अनुपात (सीडी) को व्यवस्थाले बैंकहरुलाई कर्जा लगानी योग्य रकमको समस्या बढेको हो ।
केही महिनादेखि तरलता अभावको समस्या देखिएको बैंकिङ प्रणालीमा नयाँ निक्षेप नआएपछि कर्जा लगानीयोग्य रकमको समेत अभाव देखिएको छ । बैंकहरुले नयाँ निक्षेपका ल्याउन नसक्दा कर्जा लगानी योग्य रकम अभावको समस्या जटिल बन्दै गएको हो ।
बैंकहरुले निक्षेप लिनका लागि आफुखुसी बढाएको ब्याजदर नेपाल राष्ट्र बैंकले नियन्त्रण गरेको छ । नेपाल राष्ट्र बैंकको ब्याजदर सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुमा नयाँ निक्षेप आउने भन्दा पनि बैंकहरुमा भएको झिकिने समस्या बढेको छ । त्यसले गर्दा पनि बैंकहरुलाई कर्जा प्रदान गर्नका लागि झनै समस्या भएको छ ।
बैंकहरुले दैनिक तरलता व्यवस्थापनका लागि अन्तर बैंक कारोबार गर्न छोडेको धेरै भैसकेको छ । बैंकहरुले अल्पकालीन सापटको रुपमा ५ प्रतिशत दरमा स्थायी तरलता सुविधा प्रयोग गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले सोमबार बैंकिङ प्रणालीमा १७ अर्ब रुपैयाँ तरलता रहेको बताए । “अहिले नै बैंकको कर्जा निक्षेप अनुपात ९० भन्दा माथि रहेको हुनाले पनि कर्जा लगानी योग्य रकम छैन भन्ने स्पष्ट हुन्छ,” ढकालले भने । तरलता समस्या जटिल बन्दै गएपछि सोमबार मात्र बैंक वित्तीय संस्थाले ३६ अर्ब ८४ करोड रुपैयाँ बरावरको स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गरेका छन् । आइतबार बैंकहरुले यस्तो सुविधाको रुपमा ३६ अर्ब ६५ करोड रुपैयाँ केन्द्रीय बैंकबाट सापटी लिएका थिए ।
नेपाल राष्ट्र बैंकले ब्यादरमा सीमा लगाउनुका साथै पुँजी, कर्जा तथा निक्षेप अनुपात (सीसीडी) को सट्टा कर्जा निक्षेप अनुपात (सीडी) कायम गरेपछि बैंकहरुलाई तरलता व्यवस्थापन तथा कर्जा लगानी गर्न समस्या बढ्दै गएको हो ।
बैंकहरुमा कर्जाको माग उच्च भएपनि नयाँ निक्षेप नलिदाँसम्म लगानी गर्न सक्ने अवस्था छैन । पछिल्लो समयमा बैंकहरुको कर्जा लगानीयोग्य रकम नै नकारात्मक अवस्था रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया