मेगा बैंकले लाभांश र मर्जरलाई मुख्य एजेण्डा बनाएर बोलायो साधारण सभा

0
Shares

मेगा बैंक (MEGA) ले लाभांश वितरण अनुमोदन र मर्जरलाई मुख्य एजेण्डा बनाएर एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले मंसिर २८ गते मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा ११ बजे साधारण सभा आह्वान गरेको हो ।

सभाले बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र २ दशमलव ०७ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ ।

यसैगरी बैंकले मर्जरलाई समेत मुख्य एजेण्डा बनाएको छ । मेगा बैंक नेपाल र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा राखिएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १४ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार मंसिर १३ गतेसम्म नेप्सेमा शेयर कारोबार भइ कायम रहने शेयरधनीहरुले मात्र सभामा उपस्थित हुनका साथै प्रस्तावित लाभांशको समेत पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ मंसिर २०७८, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।