गणपति लघुवित्त वित्तीय संस्था ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २ करोड ५४ लाख ७० हजार रुपैयाँ बराबरको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव किरण विष्टले नेपाल राष्ट्र बैंकको मंसिर ६ गते पत्रबाट लाभांश स्वीकृतिको पत्र पाएको बताए ।
वित्तीय संस्थाले प्रस्ताव गरेको चुक्ता पूँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँको १९ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने तथा सो बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशतका दरले हुन आउने नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश आगामी साधारण सभाबाट स्वीकृत गराई वितरण गर्न राष्ट्र बैंकले स्वीकृती दिएको हो ।
प्रस्तातिव लाभांश अनुसार लघुवित्तले आव २०७७।७८ को मुनाफाबाट लघुवित्तले शेयरधनीलाई २ करोड ४१ लाख ९७ हजार ७८२ रुपैयाँ ५० पैसा बराबरको बोनस र कर प्रयोजनका लागि १२ लाख ७३ हजार ५६७ रुपैयाँ ५० पैसा वितरण गर्नेछ ।
लघुवित्तको कार्तिक १० गते बुधबार बसेको सञ्चालक समितिको ८७ औं बैठकले चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
अघिल्लो आव २०७६/७७ बाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लघुवित्तका शेयरधनीले अघिल्लो आवभन्दा ४ बोनस धेरै पाउने भएका छन् ।
लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया