राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थाले आवश्यकता अनुसार प्रादेशिक कार्यालयहरु स्थापना गर्न सक्ने भएका छन् । तर काठमाडौ उपत्यकामा भने प्रादेशिक कार्यालय खोल्न पाइनेछैन ।
मंगलबार लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकत निर्देशन, २०७७ मा परिमार्जन गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो ।
जसअनुसार राष्ट्रिय स्तरका लघुवित्तले प्रादेशिक कार्यालय खोल्नु पूर्व सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिले सो कार्यालय खोल्ने सम्बन्धमा निर्णय गरेको हुनुपर्नेछ ।
यस्तै प्रादेशिक कार्यालय सञ्चालनमा आएको १५ दिनभित्र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा लघुवित्त संस्था सुपरिवेक्षण विभागलाई जानकारी गराउनुपर्नेछ ।
प्रादेशिक कार्यालय स्थापना गर्दा एकै प्रदेशभित्रका शाखा कार्यालयहरुलाई एउटै प्रादेशिक कार्यालयको मातहतमा राख्नुपर्नेछ । उक्त प्रदेशमा संस्थाको लघुवित्त सेवा प्रवाह तथा पहुँच सम्बन्धी तथ्याङ्क र विवरण अद्यावधिक गर्नुपर्नेछ ।
यसैगरी प्रादेशिक कार्यालयले आफू मातहतका शाखा कार्यालयहरुको काम कारबाहीको अनुगमन, निरीक्षण तथा लेखापरीक्षणका अतिरिक्त केन्द्रीय कार्यालयले तोकिदिएका अन्य कार्यहरु जस्तै केन्द्रीय कार्यालयबाट प्राप्त मसलन्दको व्यवस्थापन गर्ने, मातहतका शाखा कार्यालयहरुमा वितरण गर्ने, नयाँ शाखा कार्यालयको लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गर्ने, सम्बन्धित प्रदेश अन्तर्गतका शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनवाई जस्ता कार्यहरु लगायतका अन्य प्रशासनिक कार्यहरु समेत गर्नसक्ने व्यवस्था छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया