नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई असल वर्गमा परेका तर ५ प्रतिशत वा २ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरिएका कर्जाको विवरण अलग्गै तयार गरी राष्ट्र बैंकमा पेश गर्नुपर्ने व्यवस्था हटाएको छ ।
केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७७ मार्फत असल वर्गमा वर्गीकरण भएका तर २०७७ असार मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने साँवा र ब्याज रकम असूल हुन नसकेको अवस्थामा भाखा नाघेको अवधिको आधारमा तल्लो वर्गमा वर्गीकरण गर्नुपर्ने कर्जाहरुको लागि ५ प्रतिशत व्यवस्था गरेको थिवयो ।
त्यसैगरी किस्ताको ब्याज असूल भई साँवा रकम मात्र बक्यौता रहेका कर्जाको लागि २ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । कोभिड महामारीका असर कम हुँदै गएपछि उक्त व्यवस्था हटाइएको हो ।
यसैगरी केन्द्रीय बैंकले विसं २०७६ पुस मसान्तमा असल बाहेक अन्य वर्गमा वर्गीकरण गरिएका कर्जालाई २०७७ असार मसान्तमा भाखा नाघेका अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्थालाई समेत हटाएको छ ।
यस्तै लघुवित्त संस्थाहरुले २०७६ पुस मसान्तमा असल वर्गमा वर्गीकरण गरेका र २०७६ पुस मसान्तपश्चात प्रवाह भएका कर्जालाई २०७७ असार मसान्तमा असल वर्गमा वर्गीकरण गर्नसक्ने व्यवस्था पनि संसोधन मार्फत हटाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया