शाइन रेसुङ्गाको साधारण सभा मंसिर २९ गते

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले मंसिर २९ गते, बुधबार, महाराजा रिसोर्ट, बुटवल, रूपन्देहीमा बिहान ११ बजे बैंकको तेह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको मंसिर ७ गते, मंगलबार बैठकले वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले कार्तिक १४ गते सम्पन्न सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरिएको चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

यस्तै सभाले शाइन रेसुङ्गा र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको संख्या र समूहगत प्रतिनिधित्वमा परिवर्तन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १७ गतेदेखि शुक्रबारदेखि मंसिर २९ गते बुधबारसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर १६ गते बिहीबारसम्मसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम हुने लगानीकर्ताहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।