नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर ९ गते बिहीबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ ।
यसअनुसार बुकक्लोजका अघिल्लो कारोबार दिन अर्थात मंसिर ८ गते आजसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम भएका लगानीकर्ताहरुले मात्र प्रस्तावित लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।
बैंकको कार्तिक ३० गते सम्पन्न सञ्चालक समितीको बैठकले मंसिर २९ गते अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा बिहान ९ बजे तेस्रो वार्षिक साधारण सभा बोलाएको थियो ।
साधारण सभाले सञ्चालक समितिद्धारा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्तावित चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७।७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।
यसैगरी तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको समेत छनौट गर्नेछ ।
निफ्राले मंसिर २९ गते बोलायो तेस्रो वार्षिक साधारण सभा
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया