आइसिएफसि फाइनान्स कम्पनी लिमिटेड (ICFC) ले पुस ५ गते सोमबार १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
फाइनान्सको मंसिर ७ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले पुस ५ गते आम्रपाली ब्याङ्केवट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे अठारौं वार्षिक साधारण बोलाउने निर्णय गरेको हो।
सभाले फाइनान्स सञ्चालक समितिको असोज २५ गते, सोमबार सम्पन्न बैठकले प्रस्ताव गरे अनुरुप गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट प्रस्तावित चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
हाल फाइनान्सको चुक्ता पूँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० रुपैयाँ छ। दश प्रतिशतका दरले १० करोड २४ लाख २६ हजार ५८० रुपैयाँ बराबरको बोनसपछि १ अर्ब १२ करोड ६६ लाख ९२ हजार ३८० रुपैयाँ पुग्नेछ।
त्यसैगरी, फाइनान्सको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फाइनान्सले मंसिर २३ गते बिहीबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ ।
यसअनुसार मंसिर २२ गतेसम्म नेप्सेमा शेयर कारोबार भइ शेयरधनी कायम हुने लगानीकर्ताहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया