शेयर बजार सूचक मापक नेप्से बुधबार तीव्र उतार चढावकाबीच सामान्य बढेर बन्द भएको छ । २६९४ बिन्दुसम्मको तल्लो बिन्दुमा झरेको नेप्से २७४२ सम्म बढेको थियो । दिनभरमा ४८ अंकको उतारचढाव भोगेको नेप्सेमा सान्य वृद्धि भएको छ ।
बुधबार बजार खुलेको करिब एक घण्टासम्म घटेको बजार त्यसपछि बढ्न थालेकोमा कारोबारको अन्त्यमा सान्य वृद्धि भएर बन्द भएको हो । उता ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने समान्य घटेको छ ।
राष्ट्र बैंकले यो साता मौद्रीक नीति नल्याउने भएपछि लगानीकर्ता मौद्रिक नीतिको व्यवस्थापछि मात्र बजारमा प्रवेश गर्ने सोच बनाएका कारण अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् ।
बुधबारको मार्केट डेप्थको विश्लेषण गर्दा बजार कता जान्छ भन्ने आंकलन गर्न कठिनाई हुँदा लगानीकर्ताहरु घट्दो मूल्यमा शेयर खरीद गर्न चाहको देखिन्थ्यो ।
बुधबार नेप्से १.८२ अंकले बढेर २७३४.९३ बिन्दुमा पुग्दा सेन्सेटिभ ०.२९ बिन्दुले घटेर ५१५.१९ बिन्दुमा झरेको छ । मंगलबारको तुलनामा ५ करोडले कारोबार रकम बढेर ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन २२७ वटा कम्पनीका ७४ लाख ४५ हजार २२७ कित्ता शेयर ५४ हजार ७०३ वटा संख्यामा खरीद बिक्री भएका छन् ।
बुधबार नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को सबैभन्दा धेरै २६ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै आइसिएफसि फाइनान्स १८.६७ करोड, अपि पावरको १७.०६ करोड, नेशनल हाइड्रोपावरको १४.०२ करोड र आईएमई जनरल इन्स्योरेन्सको १२.८३ करोड रुपैयाँ बराबरको शेयर कारोबारमा आएको छ ।
अरुण काबेली, महालक्ष्मी विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर, ङादी ग्रुप पावर, र नबिल बैंकको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको नबिल बैंकको ८.४६ करोडको शेयर कारोबार भयो ।

यसदिन मैलुङ खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४७ प्रतिशतले बढेर ५६५ रुपैयाँ पुगेको छ । यस्तै कर्णाली डेभलपमेन्ट बैंक ६.६५ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको ६ प्रतिशतले मूल्य बढेको छ । जोशी हाइड्रोपावर, साना किसान लघुवित्त, आईएमई जनरल इन्स्योरेन्स, ग्रीन लाइफ हाइड्रो, दिब्यश्वरी हाइड्रोपावर, आईसिएफसी फाइनान्स र घलेम्दी हाइड्रोपावरको शेष्रमूल्य पनि सामान्य बढेको छ ।
उता बुधबारको बजारबाट गोर्खाज फाइनान्सको शेयरमा लगानी गरेकाले सर्वाधिक २.५५ प्रतिशतले गुमाएका छन् । फाइनान्सको शेयरमूल्य २२ रुपैयाँ घटेर ८४२ मा झरेको छ । उन्नति सहकार्य लघुवित्त २.२३ प्रतिशत, तेह्रथुम पावरको २.२१ प्रतिशत र एनआइसी एशिया लघुवित्तको शेयरमूल्य २.१३ प्रतिशतले घटेको छ । समीट लघुवित्त, स्वाभिमान लघुवित्त, बोटलर्स नेपाल तराई, लक्ष्मी इक्वीटी फण्ड, नेपाल एसबिआई बैंकको मूल्य करिब २ प्रतिशतका दरले मात्र घटेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया