सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड (SABSL) ले पुस ३ गते शनिबार पाँचौ वार्षिक साधारण सभा डाकेको छ ।
लघुवित्त सञ्चालक समितिको बैठकले पुस ३ गते बिहान ११ बजे बन्दिपुर माउन्टेन रिसोर्ट, बन्दिपुरमा पाँचौ वार्षिक साधारण सभा डाकेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको ३१.०५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ ।
सभामा सबैको लघुवित्त र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर।एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसैगरी संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ मंसिर १७ गतेदेखि पुस ३ गतेसम्म बुकक्लोज मिति तोकेको छ । यस अनुसार मंसिर १६ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भइ कायम रहने लगानीकतर्ताले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
हाल २० करोड ६० लाख २७ हजार २५० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ६ करोड ३९ लाख ७२ हजार ७५० रुपैयाँ बोनस शेयरपछि २६ करोड ९९ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया