नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ७०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी सुन ९१ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्य घटेपनि चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया