इन्फ्रास्ट्रक्चर बैंक र मेरो माइक्रोफाइनान्सको लाभांश आजदेखि शेयर खरीद गर्नेले नपाउने

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश बिहीबारदेखि शेयर खरीद गर्नेले पाउँदैनन् ।

बिहीबार बुकक्लोज भई मूल्य समायोजन भैसकेकाले लाभांश नपाउने भएका हुन् ।

बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम हुने लगानीकर्ता मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन योग्य हुन्छन् ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लािग दुबै संस्थाले मंसिर ९ गते, बिहीबार आज बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) को ८ प्रतिशत बोनसपछि प्रतिकित्ता ३३१.४८ रूपैयाँ र मेरो माइक्रोफाइनान्स (MERO) को २० प्रतिशत बोनसपछि प्रतिकित्ता १ हजार २०० रूपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरिएको छ । बिहीबार समायोजन भएको मूल्यलाई आधार मानेर दुबै कम्पनीको नेप्सेमा शेयर कारोबार भैसकेको छ ।

बुधबार कारोबार भएको अन्तिम मूल्यमा बोनस समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । बुधबार बैंकको प्रतिकित्ता ३५८ रुपैयाँ र लघुवित्तको १ हजार ४०० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

निफ्राले लाभांश पारित सहित अन्य एजेण्डा पारित गर्न मंसिर २९ गते अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा बिहान ९ बजे बैंकको तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उता लाभांश पारित गर्न मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २४ गते, शुक्रबार, होटल वाटर टावर, विदुर, नुवाकोटमा बिहान ११ः३० बजे नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ मंसिर २०७८, बिहिबार  ११ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।