शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकले शेयरबजारप्रति लिएको नीतिको चर्को आलोचना गरेका छन । उनीहरुले शेयर बजारको विकासका लागि लगानीकर्ताहरुले उठाएको माग सम्बोधन नगरेर राष्ट्र बैंकले कालो नीति अख्तियार गरेको आरोप समेत लगाएका छन ।

शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले सरकार र राष्ट्र बैंक शेयरलगानीकर्ताप्रति गैरजिम्मेवार बनेको बताए । उनले भने, देशलाई विकासको बाटोमा दौडाउने शेयर बजारलाई हल्ट गर्नु राम्रो होईन । यो नीतिले सरकार र राष्ट्र बैंक कति भष्ट्र छन भन्ने कुरा देखाउँछ ।
“गभर्नर आफैले ४/१२ को नीतिले सोचेको भन्दा फरक परिणाम ल्यायो भन्दै आउनु भएको छ । आफै बोल्ने आफै नीति परिवर्तन गर्न नसक्ने यसले गभर्नरको असक्षमता देखाउँछ,” अग्रवालले भने, “गभर्नर अधिकारीको कार्यकाललाई कालो रुपमा लिएका छौ । ”
“ यसले बजारमा अब खासै ठूलो असर देखाउँदैन । बजारले पचाउन पर्ने जति पचाइसकेको छ । तर, बजारलाई जबरजस्ती नियन्त्रण गर्ने प्रयास गरिएको छ । खुला बजार अर्थतन्त्रमा जसरी ब्याजदरलाई नियन्त्रण गर्ने प्रयास गरिएको छ । यो नियम संगत छैन । राष्ट्र बैंकले अव्यवहारिक काम गरिरहेको छ । ” उनले भने ।
‘बैंकहरुले कर्जाको ब्याजदरको सन्दर्भमा आतंक मच्चाएको अवस्था छ । राष्ट्र बैंकले साना लगानीकर्ताहरुले कर्जा पाउन भनेर ४/१२ को व्यवस्था गरिएको बताएपनि साना लगानीकर्ताहरुले शेयर कर्जा पाएको अवस्था छैन ।’ अग्रवालले भने, राष्ट्र बैंक झुटको खेतीमा रमाएको उनको आरोप छ ।
यस्तै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम गौतमले आफूहरुले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएदेखि नै राष्ट्र बैंकले ल्याएको सिडी रेसियो हटाएर सिसीडी लागू गर्नुपर्ने र ४/१२ को सीमा पूर्ण रुपमा हटाउनुपर्ने माग राख्दै आएकोमा अहिले पनि सो मागमा अडिग रहेको बताए ।
उनले भने,‘ जुन दिनदेखि मौद्रिक नीति आयो त्यो दिनदेखि नै ४/१२ को नीति पूर्ण रुपमा हट्नुपर्छ र सिडी हटाएर सिसिडी रेसियो नै कायम हुनुपर्छ भन्ने हाम्रो माग हो । अहिले पनि माग त्यहि नै हो ।’
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया