नेपाल बैंक लिमिटेड (NBL) ले पुस २ गते ६२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
नेपाल बैंक लिमिटेडको मंसिर ९ गते, बिहिबार सम्पन्न सञ्चालक समितिको बैठकले शुक्रबार केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल माध्यामबाट साधारण सभा बोलाएको हो ।
सभाले सञ्चालक समिमितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर २१ गते मंगलबार शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर २० गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम भएका लगानीकर्ताहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया