भक्तपुर–थिमि १३२ केभी भूमिगत प्रसारण लाइन विस्तार हुने

0
Shares

भक्तपुर नगरपालिकादेखि मध्यपुरथिमिसम्म १३२ केभीको विद्युत् प्रशारण लाइन भूमिगत गरिने भएको छ । प्रशारण लाइन भूमिगत गर्ने भएपछि शुक्रबार नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यक्रममा जानकारी गराएको हो ।

वातावरण तथा सामाजिक अध्ययन विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर—थिमि १३२ केभी भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे कार्यपत्र प्रस्तुत गर्दै वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताए ।

आयोजनाका इञ्जिनीयर विनोद मानन्धरले आयोजनाको परिचय, मुख्य विशेषता, विद्यमान वातावरणीय अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रशारण लाइन भूमिगत गर्ने क्रममा कसैबाट अनावश्यक विवाद आउन नहुने बताए । नगरप्रमुख प्रजापतिले आयोजना सफल कार्यान्वयनको लागि विभिन्न निकायसँग समन्वय आवश्यक रहेको औँल्याए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ मंसिर २०७८, शनिबार  २० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।