ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

ग्लोबल आइएमई बैंक (GBIME) को लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ ।

बैंकले मंसिर २७ गते आह्वान गरेको १५ औं वार्षिक साधारण सभाका लागि बैंकले मंसिर १३ गते सोमबार बुकक्लोज मिति तोकेको छ । यसअनुसार मंसिर १२ गते आइतबारसम्म नेप्सेमा शेयर खरीद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।

सञ्चालक समितिले गत आवको नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५० प्रतिशत नगद गरी कुल १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७८, आइतबार  ०९ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।