सिक्लेस हाइड्रोपावरले माग्यो २० करोडको आईपीओ बिक्री अनुमति

0
Shares

सिक्लेस हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि २० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर जारी गर्न कार्तिक २९ गते निवेदन पेश गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गर्नेछ ।

कस्तो छ कम्पनी

कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर २०७१ सालदेखि निमार्ण सुरु गरेर २०७४ मंसिरमा सम्पन्न भएको १३ मेगावाट क्षमताको आयोजना हो । कुल रुपैयाँ दुई अर्ब पाँच करोडको लागतमा उक्त आयोजना निर्माण गरिएको हो।

२०७४ मंसिरमा राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनो मड्क्यु खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ केभी प्रशारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सव–स्टेशनमा जोडिएको छ ।

‘रन अफ द रिभर’ प्रविधिमा बनेको सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियूनिट सात रुपैयाँ र वर्षायामको समयमा प्रतियूनिट चार रुपैयाँका दरले विद्युत् खरीद बिक्री गर्ने सम्झौता गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलबार  १० : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।