समीट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFDB) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्त संस्थाको मंसिर १३ गते, सोमबार सम्पन्न सञ्चालक समितिको १७ औं बैठकले चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँको प्रतिशत २५.२८५३१६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीका सीईओ देबेन्द्र बहादुर बस्नेतले बताए ।
प्रस्तावित लाभांश अनुुसार कम्पनीले ९ करोड ९७ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण हुनेछ । कम्पनीले सजिलो लघुवित्तलाई प्राप्ती गरी २०७७ असोज ६ गतेदेखि एकीकृत कारोबार सञ्चालन गरेकाले उक्त बोनसमा भने कर नलाग्ने जनाइएको छ ।
लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्त संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ९ करोड ९७ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
बैंकले गत आवबाट प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा ३.०८ प्रतिशत धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट २१.०९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तो छ विगतको लाभांश इतिहासः-
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2075/2076 | 21.09 | 1.11 | 22.20 |
|
2 |
2074/2075 | 23.53 | 1.24 | 24.77 |
| 3 | 2073/2074 | 34.48 | 10.52 | 45.00 |
| 4 | 2072/2073 | 45.00 | 2.36 | 47.36 |
| 5 | 2071/2072 | 41.72 | 2.19 | 43.91 |
| 6 | 2070/2071 | 26.00 | 12.95 | 38.95 |
| 7 | 2069/2070 | 12.00 | 14.32 | 26.32 |
| 8 | 2068/2069 | 0.00 | 15.79 | 15.79 |












प्रतिक्रिया