ग्लोबल आइएमई समुन्नत योजना-१ को बुकक्लोज तय

0
Shares

ग्लोबल आइएमई समुन्नत योजना–१ योजनाले गत आर्थिक वर्ष २०७७/७८ बाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल (लाभांश) को बुकक्लोज मिति तय गरेको छ ।

ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा रहेको यस योजना व्यवस्थापकको बैठकले मंसिर २२ गते इकाईधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात मंसिर २१ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई इकाईधनी कायम रहने लगानीकर्ताले मात्र योजनाको प्रस्तावित प्रतिफल प्राप्त गर्नेछन् ।

गत असोज २४ गते सञ्चालन समितिको बैठकले आव २०७७/७८ को मुनाफाबाट ग्लोबल आइएमई समुन्नत योजना–१ का इकाईधनीलाई कर सहित शत प्रतिशत प्रतिफल वितरणको प्रस्ताव गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलबार  १२ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।