महिला लघुवित्तको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले मंसिर २२ गते आह्वान गरेको साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले मंसिर १६ गते शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर १५ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको कार्तिक २९ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले हिमालयन दृश्य रिसोर्ट, धुलिखेल ३, काभ्रेमा मंसिर २२ गते बुधबार बिहान साढे १० बजे चौंथो वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ ।

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुरुप आर्थिक वर्ष २०७७।७८ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यसैगरी महिला लघुवित्त र अन्य लघुवित्त संस्थाहरु गाभ्ने। गाभिने प्राप्ति (एक्विजिसन तथा खरिद सम्बन्धी) प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाको अर्को एजेण्डामा संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने, गाभिने, प्राप्ति एक्विजिसन तथा खरिद सम्बन्धी समझदारीपत्र तर्जुमा गर्ने, सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७।७८ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७।७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने रहेको छ ।

सभाले सर्वसाधारण समुहबाट २ जना सञ्चालकहरूको निर्वाचन गरी नियुक्ती गर्ने, र सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्नका लागि नियमावलीमा संशोधन गर्ने प्रस्तावहरु उपर पनि छलफल गरी पारित गर्नेछ ।

वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरूबाट आवश्यक निर्देशन गरेमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमाजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार  ०८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।