स्वाभिमान लघुवित्तले लाभांश पारित गर्न पुस ८ गते बोलायो साधारण सभा

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) ले लाभांश पारित गर्न पुस ८ गते पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

मंसिर १४ गते मंगलबार सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले केन्द्रीय कार्यालय, रुपन्देहीमा अपरान्ह्र १ बजे भर्चुअल माध्यमबाट सभा बोलाउने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट ३२.३० प्रतिशत बोनस शेयर र बाेनसमा लाग्ने कर प्रयोजनका लागि १.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

यस्तै, स्वाभिमान लघुवित्त र अन्य कुनै इजाजत प्राप्त लघुवित्तसँग मर्जर वा प्राप्ति गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

सभाको अन्य प्रस्तावमा संस्थापक शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको अधिकृत जारी तथा चुक्ता पूँजी वृद्धि गरी सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने पनि रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि लघुवित्तले मंसिर २३ गते बिहीबार बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर २२ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार  १० : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।