
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८६ करोड ८५ लाख ९० हजार ८८८ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको मंसिर १४ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको ८७३ औं बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकका कम्पनी सचिव विश्वनाथ भट्टराईले जानकारी दिए ।
प्रस्तावित लाभांश अनुुसार कम्पनीले ८२ करोड ५१ लाख ६१ हजार ३३४ रुपैयाँ बराबरको बोनस शेयर र ४ करोड ३४ लाख २९ हजार ५५४ रुपैयाँ बराबरको नगद गरी कुल ८६ करोड ८५ लाख ९० हजार ८८८ रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।
यसअघि अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट बैंकले १०.२६९५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकले प्रस्ताव गरेको लाभांश २.३९ प्रतिशत कम हो ।
हाल बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १५ रुपैयाँ पुग्नेछ ।
यस्तो छ विगतको लाभांश इतिहासः
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2076/2077 | 10.27 | 0.54 | 10.81 |
| 2 | 2075/2076 | 15.00 | 0.78 | 15.78 |
| 3 | 2074/2075 | 15.89 | 0.83 | 16.72 |
| 4 | 2071/2072 | 16.00 | 0.00 | 16.00 |
| 5 | 2070/2071 | 38.00 | 2.00 | 40.00 |
| 6 | 2068/2069 | 5.00 | 0.26 | 5.26 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया