सिभिल बैंकको ३ अर्बको ऋणपत्र बिक्रीमा आउँदै

0
Shares

सिभिल बैंक (CBL)  ले मंसिर २४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ बिक्री गर्ने भएको छ । बैंकले दीर्घकालीन स्रोत संकलनका लागि यो ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो ।

बैंकले प्रति डिबेञ्चर एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता डिबेञ्चर व्यक्तिगत तवरबाट बिक्री हुनेछ । बाँकी रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता (सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत बराबरको ६० हजार कित्ता सहित) डिबेञ्चर सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

दश वर्ष अवधि रहेको बैंकको ऋणपत्रका लागानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन् ।

मंसिर २४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला हुने उक्त ऋणपत्र निष्काशन बन्द छिटोमा मंसिर २८ गते रहेको छ भने उक्त समयावधिभित्र सबै ऋणपत्र बिक्री नभएको खण्डमा भने ढिलोमा पुस ५ गतेसम्म निष्काशन खुला रहनेछ ।
इच्छुक आवेदकले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिन्छ । ऋणपत्रमा सिभिल बैंकको केन्द्रीय कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुबाट समेच आवेदन दिन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ मंसिर २०७८, बिहिबार  १२ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।