कर प्रणालीका अनलाइन सेवा सरलीकरण गर्न आईआरडीका महानिर्देशकलाई व्यवसायीको सुझाव


आन्तरिक राजश्व विभागको करसँग सम्बन्धित अनलाइन सेवाहरुमा सरलीकरण गर्न व्यवसायीहरुले सुझाव दिएका छन् । विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटी उद्योगी व्यवसायीहरुले कर प्रणालीका अनलाइन सेवाहरु चलाउन मुस्किल भएको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका अध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले व्यवसायी आफैंले कर कार्यालयको अनलाइन पोर्टल चलाउन नसक्ने अवस्था बनेको भन्दै त्यसमा साक्षरता अभिवृद्धि समेत जरुरी रहेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका राजश्व समितिका सभापति नानीराज घिमिरेको नेतृत्वमा गठीत राजश्व समिति तथा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु समेतको टोलीले राजधानीका साथै मुलुकभरका उद्योगी व्यवसायीलाई करदाता अनलाइन पोर्टलका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न माग गरेको थियो ।

राज्य कोषमा तीडीएस जम्मा गर्न हुने ढिला सुस्ति, कर मिलान, मूल्य अभिवृद्धि कर (भ्याट) का दर, नेपाली उद्योगलाई कच्चा पदार्थमा लगाइने राजश्वको दर, साना तथा मझौला उद्योगी व्यवसायीहस्को समस्या, जुत्ता चप्पल, मदिरा तथा नेपाली वाइनसँग सम्न्धित कर तथा राजश्वका सम्बन्धमा पनि टोलीले विभागका महानिर्देशकसँग छलफल गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।