एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड, २७ हजार कित्ता लिलामीमा आउने

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) को हकप्रद सेयर बैंक सञ्चालक समितिको मंसिर १६ गते बिहीबारको बैठकले बाँडफाँड गरेको छ ।

हकप्रद निष्काशन भएकाे अवधिभित्र रितिपूर्वक आवेदन दिएका ६ हजार १८० जना सेयरधनीहरुलाई ‘हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु’ को विभिन्न दफाहरुमा गरिएको व्यवस्था अनुसार २४ लाख ०६ हजार १०६ दशमलव ४७३८ कित्ता सेयरहरु बाँडफाँड गरिएको बैंकले जनाएकाे छ ।

बैंकले गत असोज २५ गतेदेखि कार्तिक २९ गतेसम्म १० कित्ता बराबर नयाँ ३ कित्ता सेयरको अनुपातमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

बैंकको हकप्रदमा गत भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम यस बैंकका सेयरधनीहरुले आवेदन दिन सक्ने व्यवस्था थियो ।

बैंकले निष्काशन गरेको शेयरमध्ये २७ हजार २५७ दशमलव २००४ कित्ता सेयर अवितरित भएको छ । यससँगै अब अवितरित सेयर हकप्रद शेयरको बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटल मार्फत छिट्टै लिलाम बढाबढमा बिक्रीमा ल्याउनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।