सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट, चाँदी स्थीर

0
Shares

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको हो । शुक्रबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थीर रहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १९० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुनं तोलाको ९१ हजार ५०० रुपैयाँ, तेजावी सुन ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७२डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.४१ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ मंसिर २०७८, शुक्रबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।