बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नेगरी सिद्धार्थ क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यससँगै अब बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटल नक्साल मार्फत हुनेछ ।
कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म सिभिल क्यापिटलको बिक्री प्रबन्धकत्वमा ८ लाख कित्ता शेयर जारी गरेकोमा सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता आईपीओ बिक्री गरेको थियो । ८ लाख कित्ता आईपीओमध्ये २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुमा र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँड गरिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया