फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश पारित

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) को १०.५३ प्रतिशत लाभांश पारित भएको छ ।

बिहीबार काठमाडौंमा १२ औं वार्षिक साधारण सभाबाट लघुवित्त सञ्चालक समितिबाट गत आर्थिक वर्ष २०७७/७८ बाट प्रस्तावित लाभांश सर्वसम्मतिले अनुमोदन गरेको हो ।

गत भदौ १९ गते सम्पन्न सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७।७८ बाट चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँको आधारमा १० प्रतिशत (९ करोड २२ लाख ९६ हजार) बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश मंसिर २ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्र प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ मंसिर २०७८, शुक्रबार  १४ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।