विश्वका धनाढ्य व्यक्तिहरुको सूचीमा रहँदै आएका एलन मक्सले आफ्नो कर दायित्व चुक्ता गर्नका लागि टेस्लाको थप ९ लाख ३४ हजार ९१ सेयर बिक्री गरेका छन् ।
उनले ट्वीटर मार्फत नोभेम्बर महिनाको सुरुमा नै टेसलाको १० प्रतिशत स्टक बेच्ने घोषणा गरेका थिए ।
आफ्नो भनाइलाई सार्थकता दिँदै नोभेम्बरको अन्त्यसम्म आइपुग्दा उनले १०.९० बिलिनय डलर बराबरको १०.१० मिलियन कित्ता सेयर बेचिसकेका छन् ।
यति धेरै सेयर बेच्नुको उदेश्य भने उनको नाममा रहेको १५ बिलियन डलर कर दायित्व चुक्ता गर्नु रहेको छ । मक्सले आफ्नो तलब वा बोनस नगदमा लिने गरेका छैनन् । उनको सम्पत्ति भनेकै स्टक पुरस्कार र टेस्लाको शेयर हो । यसै कारणले पनि उनले कम्पनीको सेयर बेचिरहेका हुन् ।
टेस्लाका प्रमुख कार्यकारी मक्सले ९ लाख बढी कित्ता शेयर बिक्री गरेपछि टेस्लाको स्टक प्राइसमा समेत भारी गिरावट आएको छ । यस हप्ता मात्रै टेस्लाको सेयरमूल्यमा १५.४० प्रतिशत गिरावट आएको छ । यसले कम्पनीका लागि २० महिना यता कै सबैभन्दा खराब असर गरेको छ ।
टेस्ला संयुक्त राज्य अमेरिकामा स्थित एक अमेरिकी इलेक्ट्रिक सवारी साधान निर्माता तथा उर्जा सञ्चय र सोलार प्यानल उत्पादक कम्पनी हो । जसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ । सन् २००३ मा स्थापित यो कम्पनीले विद्युतीय कार, लिथियम ब्याट्री उर्जा सञ्चय र आवासीय सोलार प्यानलको डिजाइन र निर्माण गर्दछ ।
प्रतिशेयर १०८५ अमेरिकी डलर मूल्य रहेको टेस्लाको कुल बजार पूँजीकरण १.०८९ ट्रिलियन अमेरिकी डलर रहेको छ । सन् २०१० मा कम्पनीको कुल बजार पूँजीकराण् २.५२ बिलियन अमेरिकी डलर रहेको थियो । हाल कम्पनीमा ७० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । कम्पनीको वार्षिक आम्दानी ३१.३४ बिलयन अमेरिकी डलर रहेको छ । बजार पूँजीकरणका आधारमा हेर्दा हाल टेस्ला विश्वको छैठौं सबैभन्दा मूल्यवान कम्पनीको रुपमा स्थापित भएको छ ।











प्रतिक्रिया