सनराइज बैंकको १४ औं साधारण सभा पुस १५ गते आह्वान

0
Shares

सनराइज बैंक लिमिटेड (SRBL) को पुस १५ गते बैंकको १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

बैंक सञ्चालक समितिको मंसिर १६ गते सम्पन्न बैठकले अम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट सभा सम्पन्न गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम शेयरधनीहरुलाई बैंकको चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरी सनराइज बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव उपर पनि छलफल गरी पारित गर्नेछ ।

सभाका अन्य प्रस्तावहरुमा बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका छन् ।

साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले पुस ४ गते आइतबार एक दिन (बुकक्लोज) गर्ने निर्णय गरेको छ । तोकिएको बुकक्लोजको आधारमा पुस २ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम लगानीकर्ताहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७८, आइतबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।