एडिबी संग ऋण सहायताका लागि वार्ता गर्न टोली गठन


सरकारले ११ अर्ब ५० करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सहायताका लागि एशियाली विकास बैंक (एडिबी)सँग वार्ता पाँच सदस्यीय टोली गठन गरेको छ । सरकारले अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा वार्त टोली गठन गरेको हो ।
भदौ २२ गतेको मन्त्री परिषदको बैंकठले ‘फुड सेफ्टी एण्ड एग्रिकल्चर कमर्सलाईजेशन कार्यक्रम’का लागि ५ अर्ब अर्ब ७५ करोड र ‘रुरल इन्टरप्राइज फाइनान्सिङ परियोजना’का लागि ५ अर्ब ७५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायताका सम्बन्धमा वार्ता गर्न सो टेली गठन गरेको हो ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले ‘फुड सेफ्टी एण्ड एग्रिकल्चर कमर्सलाईजेशन कार्यक्रम’ र ‘रुरल इन्टरप्राइज फाइनान्सिङ परियोजना’का एडिबी संग ऋण सहयोगको लागि सो समितिले छलफल गरे अघि वढ्न बताएका हुन ।